Home अन्तरास्ट्रिय विश्वभर कोरोना भाइरस : पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजारभन्दा बढीमा...

विश्वभर कोरोना भाइरस : पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजारभन्दा बढीमा संक्रमण पुष्टि

विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ लाख ४८ हजार ६३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ३ करोड ६७ लाख ३८ हजार ६८९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा थप ६ हजार ४२४ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ६६ हजार ४१२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म ८० लाख ३२ हजार २४६ जनामा सक्रिय संक्रमण छ । जसमध्ये ६७ हजार ८२० को अवस्था गम्भीर छ ।

अहिलेसम्म २ करोड ७६ लाख ४० हजार ३१ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७८ लाख नाघेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ६९ लाख नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५० लाख नाघेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

युरोपियन मुलुकमा ५७ लाखभन्दा बढी संक्रमित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
विश्वभर कोरोना भाइरस : पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजारभन्दा बढीमा संक्रमण पुष्टि