Home समाचार चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

चितवन – चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको २८९ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित ३५ जना सबै चितवनका हुन् । संक्रमित हुनेहरू १४ वर्षीया बालिकादेखि ६९ वर्षका वृद्धसम्म छन् ।

भरतपुर अस्पतालले शुक्रबार बेलुकी सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका ९ पुरूष र ८ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै राप्तिका ४ पुरूष र १ महिला, खैरहनीका १ महिला, रत्ननगरका ४ पुरूष र २ महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

इच्छाकामनाका २ महिला र माडीका २ पुरूष र २ महिलामा पनि संक्रमण भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
चितवनमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि