Home राशिफल असोज २५ गते आइतबार, यस्तो छ तपाईंको आजको राशिफल

असोज २५ गते आइतबार, यस्तो छ तपाईंको आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आफन्त,साथिभाई तथा आमाबाट छुट्टिएर यात्रा गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रि गर्दा ख्याल गर्नुहोला अनाबस्यक झन्झट बेहोर्नु पर्नेछ । अरुको भर पर्दा आफ्नो काम थाति रहन सक्छ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यापार व्यावसायमा लगानि गर्न पर्ख र हेरको रणनीति अपनाउनु होला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आफन्त तथा दाजुभाईबाट विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने माया प्रेममा नजिक हुन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने सकिनेछ । निर्माण सामाग्री तथा दैनिक उपभोग्य उद्योग र व्यापारबाट विशेष फाइदा लिन सकिनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन् । राम्रा काम गरि नाम र दाम दुवै कमाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफन्त तथा कुटुम्बसँग मिलेर गरिने कुनै पनि व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै घर परिवारमा सबैसँग सौहार्दपुर्ण सम्बन्ध हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहने हुनाले मन प्रशन्न रहनेछ । मांगलिक तथा सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समाजको पक्षमा काम गर्न सकिने तथा शुरु गरेका कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न रहनेछ । स्वास्थ्य सबल हुने हुनाले काम गर्न आट आउनेछ । खाद्यान्न,औषधी तथा निर्माण सामाग्रीहरुको व्यापारमा वृद्धि हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न गाह्रो महशुष हुनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायबाट आम्दान गर्न केहि समय पर्खनु पर्नेछ । माया प्रेममा धोका हुने तथा घर परिवारमा आफन्तसँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ । तरपनि काम तथा अध्ययनको शिलशिलामा विदशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

रुपैया पैसा कमाउने काममा सहभागि हुन सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानि हुने तथा आम्दानिका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेको छ । दाजुभाईबाट जस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरु भन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । परिवारका ईच्छाहरु पुरा गर्न सकिने हुनाले मनन प्रशन्न रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

प्राविधिक काममा सफलता प्राप्त हुनेछ भने नयाँ काम गर्ने अवसर आउनेछ । राजनीति तथा समाजसेवामा काम गरि पद प्राप्तीको योग रहेकोछ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउनेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको सिर्जना गरि आर्थिक रुपमा सवल हुन सकिनेछ । । मिहिनेतले राम्रा काम गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समय र नियमको पालन गरि राम्रा काम गर्न सकिनेछ । धार्मिक तथा सास्कृतिक सभा समारोहमा सहभागि हुने अवसर जुर्नेछ । राजनीति तथा नोकरी गर्नेहरुका लागि समयले साथ दिनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले मानप्रतिष्ठा तथा सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । माया प्रेममा नजिक भई समय व्यातित गर्न सकिनेछ । छोटो दुरिको लाभलायी यात्रा हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा धार्मिक पुस्तक पढ्ने अवसर प्राप्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यावसायमा समय लगानि गरे अनुशार प्रतिफल नआउने हुनाले मन खिन्न हुनेछ । चेलि माईती बीचको सम्बन्ध बिग्रन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी समस्या आउने हुनाले खानपानमा ध्यान दिनुहोला । पढाइ लेखाइमा अलि बढि मेहनेत गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । तरपनि बैक तथा बित्तियसस्थामा गरिएको लागानिबाट सन्तोषजनक कमाई हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आर्थिक तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले सकारात्मक नतिजा हात लाग्नेछ । बिभिन्न भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बन्दव्यापार र कामधन्धाका क्षेत्रमा राम्रो प्रगति हुनेछ । छोटो दूरीको यात्राका लागि समय अनुकूल रहेकोछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मामा तथा अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

ज्ञान,बुद्धि,विवेक प्रयोग गरेर काम गर्न सकिने तथा लाभ लिन सकिनेछ । छोराछोरीको कामबाट सन्तोष हुनेछ भने ईष्टमित्रले सहयोग गर्नेछन् । व्यापारमा सामान्य बृद्धि हुने तथा छोटो दुरिको यात्राको तय गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पत्ती उपहारको रुपमा प्राप्त हुनेछ । सरकार तथा राज्यपक्षबाट सहयोग प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
असोज २५ गते आइतबार, यस्तो छ तपाईंको आजको राशिफल