Home सडक तथा सबारी लामो दूरीका यातायातमा सिट क्षमताअनुसार नै यात्रु राख्न पाउने

लामो दूरीका यातायातमा सिट क्षमताअनुसार नै यात्रु राख्न पाउने

काठमाडौं : सरकारले कात्तिक मसान्तसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले अन्तर्राष्ट्रिय सीमा नाका थप एक महिना बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि नेपालसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको थियो । बैठकले कोरोना संक्रमण बढिरहेकै कारण अन्तर्राष्ट्रिय उडानको अहिलेको कोटा प्रणालीलाई पनि कायमै राख्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले आन्तरिक यातायात र व्यवसाय सञ्चालनमा भने केही खुकुलो बनाएको छ । लामो दूरीका यातायातका साधनमा सिट क्षमताअनुसार नै यात्रु राख्न पाउने निर्णय पनि बैठकले गरेको बताइएको छ ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले कोरोनाको संक्रमण बढ्दै गइरहेकाले दशैं तिहार जस्ता चाडपर्व यथास्थानमा मनाउन सर्वसाधारणलाई अपिल समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
लामो दूरीका यातायातमा सिट क्षमताअनुसार नै यात्रु राख्न पाउने