Home समाचार आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिँदै

आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिँदै

काठमाडौं : आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिँदै छ । मंगलग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी ‘नासा’ले जनाएको हो । मंगलबार मंगलग्रह, पृथ्वी र सूर्य एकसाथ समानान्तर हुने भएका हुन् ।

खगोलशास्त्रमा दुर्लभ मानिएको यो क्षणलाई ‘अपोजिसन’ नाम दिइएको छ । त्यसक्रममा मंगल ग्रहले पृथ्वीको एक पक्षमा घाम छेक्ने छ । यस्तो क्षण नेपाली समय अनुसार राति १ बजेर ४५ मिनेटमा शुरु हुनेछ ।

बुधबार बिहान पाँच बजेर पाँच मिनेट जाँदा तीन ग्रह १ सय ८० डिग्रीको कोणमा आउने छन् । नासाका अनुसार प्रत्येक २६ महिनामा मंगलग्रह पृथ्वीबाट नजिक देखिने गरेको छ । अब सन् २०३५ मा मात्रै मंगलग्रह पृथ्वी नजिक पुग्ने नासाले जनाएको छ ।

यसअघि सन् २००३ मा मंगलग्रह पृथ्वीबाट ३४ दशमलव ८ मिलियन माइलको दूरीसम्म आइपुगेको थियो । मंगलग्रहका बारेमा विभिन्न मुलुकले अध्ययन जारी राखेका छन् । अहिले मंगलमा अमेरिका, चीन, र संयुक्त अरब इमिरेट्सका तीनवटा मिशन सक्रिय छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
आज मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिँदै