काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ ५ सयले घटेको छ । आइतबार ८ सय रुपैयाँले बढेर ९५ हजार ६०० मा कारोबार भएको सुन सोमबार स्थिर रहेको भएपनि मंगलबार भने ५ सयले घटेको हो । आज ९५ हजार १ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार तेजाबी सुनको आजको मूल्य ९४ हजार ६ सय कायम गरिएको छ ।
यता चाँदीको भाउ पनि आज २० रुपैयाँ घटेको छ । आज चाँदी १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।