Home समाचार कोराना संक्रमणका कारण विभिन्न जिल्लामा थप ५ जनाको मृत्यु

कोराना संक्रमणका कारण विभिन्न जिल्लामा थप ५ जनाको मृत्यु

काठमाडौं : कोराना संक्रमणका कारण विभिन्न जिल्लामा थप ५ जनाको मृत्यु भएको छ । सुनसरी, मोरङ, लमजुङ र नवलपरासीमा संक्रमितको मृत्यु भएको हो । मोरङको सुन्दर हरैचा र बुढीगंगामा एक–एक जनाको मृत्यु भएको छ ।

विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा सुन्दरहरैँचा नगरपालिका वडा नम्बर पाँचकी ४९ वर्षीया महिला र विराट शिक्षण अस्पतालमा बूढीगंगा–३ बाँसबारीका ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो ।

नवलपरासीको सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ६ सय ६८ पुगेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ मा होम आइसोलेसनमा बसेका ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । बेशिशहर नगरपालिका–२ लमजुङका ५६ वर्षिय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
कोराना संक्रमणका कारण विभिन्न जिल्लामा थप ५ जनाको मृत्यु