काठमाडाैं । बिहीबार गण्डकी प्रदेशका थप ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणबाट उनीहरूमा संक्रमण पुष्टि भएको हो गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
बागलुङका ५१, कास्कीका ३०, गाेरखाका ७, पूर्वी नवलपरासीका ६ र लमजुङका ३ जनामा संक्रमण देखिएकाे हाे ।
पोखरा महानगरपालिकाका ८ जना चरक मेमोरियल अस्पताल र गण्डकी मेडिकल कलेजमा कोरोना परीक्षणको लागि आएकाहरू हुन् । अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका निर्देशनालयले जनाएकाे छ ।
योसँगै प्रदेशमा संक्रमितहरुको संख्या ५ हजार २ सय ८४ पुगेको छ । तीमध्ये ३ हजार ४ सय ७० जना निकाे भएका छन् । गण्डकीमा अहिलेसम्म काेराेनाले ४६ जनाकाे ज्यान लिएकाे छ ।