Home स्वास्थ्य २ वर्षका बालकसहित चितवनमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

२ वर्षका बालकसहित चितवनमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

चितवन- चितवनमा २ वर्षका बालकसहित थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको ३०५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ५१ जना चितवनका हुन् भने बाँकी ४ जनामा तीन जना पाल्पाका र एक जना रूपन्देहीका छन् ।

भरतपुर अस्पतालले बिहीबार राति सार्वजनिक गरेको परीक्षण रिपोर्ट अनुसार भरतपुरका २ वर्षीय बालकसहित ९ पुरूष र ८ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्तीका ११ पुरूष र ९ महिला, खैरहनीका ४ पुरूष र ४ महिला,  रत्ननगरका १ पुरूष र कालिकाका २ पुरूष र ३ महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
२ वर्षका बालकसहित चितवनमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि