काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै यसअघि बिहीवार कोरोनाबाट देशभर १९ जनाको मृत्यु भएको र ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।