Home समाचार आजदेखि स्याङ्जा प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य

आजदेखि स्याङ्जा प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य

स्याङ्जा । आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पीसीआर रिपोर्ट अनिवार्य चाहिने भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोराेनाबाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताउनुभयो ।


उच्च जोखिम भएका स्थानबाट जिल्ला प्रवेश गर्दा गएराति १२ बजेदेखि लागू हुने गरी उक्त नियम अनिवार्य गरिएको हो । ‘जिल्ला प्रवेश गर्दा अनिवार्यरुपमा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट ल्याउनुपर्छ, नल्याएका तोकिएको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्छ’, प्रजिअ बस्नेतको भनाई थियो  । 

जिल्लास्थित सर्वदलीय बैठकले चाडपर्व नजिकिँदै गरेको अवस्थामा नागरिकको आवागमन स्वभावतः बढ्ने भएकाले जोखिम बढ्ने भन्दै जिल्लामा कडाई गर्ने निर्णय गरेको प्रजिअ बस्नेतले बताउनुभयो ।

स्याङ्जा जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० को दफा ३ र ४ बमोजिम अधिकार प्रयोग गरी आदेश जारी गरिएको प्रशासनले जनाएको छ । 

प्रशासनले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन, सभा समारोह भेला तथा भिडभाड नगर्न नगराउन, स्वास्थ्यसम्बन्धी आवश्यक सम्पूर्ण सावधानीहरु अपनाउन आग्रह गरेको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस स्याङ्जाले संयुक्त विज्ञप्ति निकालेर जिल्लामा सभा, सम्मेलन, भेला तथा औपचारिक कार्यक्रम नगर्ने प्रतिवद्धता जनाएका छन् । 

नेकपा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे पारस र काँग्रेस जिल्ला कार्यबाहक सभापति बुद्धिबहादुर रानाले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै पार्टीका गतिविधि स्थगन गर्ने निर्णय गर्नुभएको हो । 

दुबै दलको संयुक्त बैठकपछि सार्वजनिक गरिएको विज्ञप्तिमा चाडपर्वको बेला नियमित हुँदै आएको शुभकामना आदान प्रदान तथा सामूहिक भेटघाट नगर्ने निर्णय भएको नेकपा जिल्ला अध्यक्ष गैह्रेले बताउनुभयो । 

दुबै दलले आ–आफ्ना मातहतका समितिलाई पनि पार्टी गतिविधि नगर्न नगराउन अनुरोध गर्ने निर्णयलाई कडाइसाथ कार्यान्वयन गर्न लगाएको काँग्रेस कार्यबाहक सभापति रानाले बताउनुभयो । 

–रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
आजदेखि स्याङ्जा प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य