Home समाचार बैंकहरुमा ग्राहकको घुइँचो

बैंकहरुमा ग्राहकको घुइँचो

काठमाडौ । कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुद पनि बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको घुइँचो बढेको छ । बैंकहरुले सबै शाखा कार्यालयहरु मार्फत सेवा दिए पनि पैसा राख्ने र झिक्नेहरुको संख्या बढेकाले भिडभाड बढेको देखिन्छ । दशैं नजिकिदै गर्दा पैसा झिक्नेहरुको संख्या बढेकोले पनि भिड बढेको हो । कतिपय बैंक तथा वित्तीय संस्थामा पैसा झिक्नेहरुको लाइन सडक सम्मै आएको देखिएको छ ।

कतिपय बैंकहरुमा कोभिड संक्रमणको कारण पनि सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएकाले भिडभाड बढेको बैंकर्सहरु बताउँछन् । बैंकहरुले डिजिटल बैंकिङ मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाएपनि त्यसको पहुँच सबै ग्राहकमा नहुँदा पैसा निकाल्नका लागि बैंक सम्म पुग्नै पर्ने बाध्यता रहेको छ । यस्तै संक्रमण बढ्दै गएको अवस्थामा फेरीपनि निषेधाज्ञा हुने हल्लाका कारण मानिसहरु पैसाको जोहो गर्न बैंकसम्म पुग्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
बैंकहरुमा ग्राहकको घुइँचो