काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा १ हजार ४ सय ६९, ललितपुरमा १ सय ३० र भक्तपुरमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।