Home समाचार धमाधम दशैं भत्ता फिर्ता गर्दै सांसदहरु

धमाधम दशैं भत्ता फिर्ता गर्दै सांसदहरु

काठमाडौं : मुलुक कोरोना भाइरस महामारीमा रहेको समयमा दशैं भत्ता लिएको भन्दै आलोचना भएपछि संघीय सांसदहरुले धमाधम भत्ता फिर्ता गर्न थालेका छन् । केही सांसदहरूले व्यक्तिगत रूपमा संघीय संसद सचिवालयलाई पत्र लेखेर नै भत्ता रकम फिर्ता गरेका छन् । केहीले नगद रकम संसद सचिवालयमा पुर्‍याएका छन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, नेकपा सांसद लालबाबु पण्डित , नेकपाका नेता भीम रावल, कांग्रेस सांसद प्रकाशमान सिंह र गगन थापाले भत्ता रकम फिर्ता गरेका छन् ।

नेकपा सांसद नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माले पनि भत्ता दिएकोमा विरोध जनाएका छन् । संसदमा प्रतिनिधित्व गर्ने केही पार्टीले भने दलको बैठक बसेर भत्ताको विषयमा निर्णय लिने जानकारी दिएका छन् ।

प्रतिपक्षी दल कांग्रेसले दशैं भत्ता बाँडेर सरकारले आफूजस्तै सांसदलाई पनि बदनाम गराउन खोजेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै जनता आइसोलेसन र भेन्टिलेटर नपाएर मर्दै गरेको अवस्थामा सांसदलाई दशैं भत्ता दिने विषयमा संसदीय दलले आवश्यक निर्णय लिने बताएका छन् । भत्ता फिर्ता गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले सांसदहरुलाई निर्देशन दिइसकेका छन् ।

२०७६ सालदेखि सांसदहरूलाई र उनीहरूका स्वकीय सचिवहरूलाई दसैं भत्ता दिन थालिएको हो । उनीहरूले एक महिनाको पारिश्रमिक बराबरको रकम दसैं भत्ताबापत पाउने गरेका छन । सांसदको तलब ६५ हजार १ सय ७१ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
धमाधम दशैं भत्ता फिर्ता गर्दै सांसदहरु