काठमाडौं : कोरोना महामारीका कारण अन्यौलमा परेको कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनु्सार परीक्षा तालिका तथा कार्यबिधि समेत तयार भईसकेको छ ।
यस वर्ष करिब १ सय १५ विषयमा करिब ४ लाख ३२ हजार विद्यार्थी परीक्षामा सहभागी हँुदै छन् । कोभिड–१९को कारण वैशाखमा स्थगित परीक्षा ८ महिना ढिलो गरी हुन लागेको हो ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बैशाख ८ गतेदेखि सञ्चालन हुने गरी तय भएको कक्षा १२ को साधारण(संगीत, ललितकला र संस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूह तर्फका नियमित परीक्षार्थीहरुको वार्षिक परिक्षा सञ्चालनका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार कक्षा १२ को परीक्षा मंसिर ९ गते विहान ८ बजेदेखि शुरु हुनेछ ।