काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएको उनले जनाएका छन् ।
उनले आफू र श्रीमती तारा मानन्धरलाई संक्रमण देखिएको ट्वीट गरेर जानकारी दिएका हुन् ।
उनले ट्वीटमा भनेका छन् ‘मलाई त लक्षण बिनै देखियो, तर श्रीमतीलाई लक्षणसहित ।’ उनले आफ्ना दुई छोराको भने रिपोर्ट नेगेटिभ आएको पनि जानकारी गराएका छन् ।