Home समाचार कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप पाँच जनाको मृत्यु भएको छ । सुनसरीमा दुई र चितवन, मोरङ र दाङमा एक–एक संक्रमिको मृत्यु भएको हो ।

कोरोना संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिका–आठका दुई महिलाको आज विहान मृत्यु भएको छ । ५४ वर्षीया महिलाको विराटनगरस्थित नोबल अस्पतालमा र ६० वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

त्यस्तै चितवनको भरतपुर अस्पताल पुगेलगत्तै एकजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुष रहेका छन ।

त्यस्तै नोबेल मेडिकल कलेज बिराटनगरमै उपचारको क्रममा मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

त्यस्तै दाङको लमहीका एक ५५ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणवाट ज्यान गुमाउनेको संख्या ८ सय १६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु