काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६१५ जना संक्रमित थपिएका छन् । जसमध्ये ७०४ महिला र ९११ जना पुरुष संक्रमित रहेका छन् ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९०४ पुगेको छ ।