Home राशिफल कार्तिक १५ गते शनिबार, यस्तो छ तपाईंको आजको राशिफल

कार्तिक १५ गते शनिबार, यस्तो छ तपाईंको आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ भने मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । माया प्रेममा सामिप्यता तथा सुमधुरता बढेर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अध्ययन तथा अध्यापनमा रुचि बढेर जानेछ । व्यापार व्यावसायमा गरेको लगानि बाट भनेजस्तो आम्दानि हुनेछ । खर्च बढेपनि दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । प्रेम प्रशङगमा दिन कटाउन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछ भने लामो बिदेश यात्राको सम्भावना रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आम्दानिका स्रोत पहिल्याउन सकिनेछ भने आयस्रोतका बाटाहरु फराकिला हुनेछन् । पैत्रिक सम्पतिको परिचालन गरि मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा अगाडि देख्न पाउदा मन प्रफुल्लित हुँनेछ । पढाइको लगावले वौद्धिक क्षेत्र फराकिलो हुनेछ । कृषि,पशुपालन तथा घरेलु काममा लिन व्यातित हुने योग रहेकोछ । व्यापारमा अरुदिन भन्दा सामान्य वृद्धि हुने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बौद्धिक तथा आफुभन्दा ठुला ब्याक्ति हरुसँग सैदान्तिक बिषयमा राय बाजिनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोले लगानि नबढाउनु नै उचित होला । अध्ययन अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिने निश्चित जस्तै छ । प्रेम प्रसङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव सिर्जना हुनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहनु पर्नेछ भने कार्यक्षेत्रमा तपाईको निर्णयको आलोचना हुन सक्छ ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेकोछ । तरपनि सरसफाई तथा बाहिरी वाताबरणको ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । कुटुम्ब र भाञ्जाभाञ्जीसँग सुमधर सम्बन्ध कायम हुनेछ । पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरू समाधान हुनेछन् । महत्वपूर्ण स्थानमा बोली बिक्ने सम्भावना समेत छ । विभिन्न सामाग्री किनमेल गर्न आजको दिन राम्रो छ । स्वास्थ्य सबल छ । बन्दव्यापारमा फाइदा छ । छोटो तथा लामो दुरिको यात्राको योग रहेकोछ भने विदेशी लगानिबाट सञ्चालीत सस्थामा काम पाउने सम्भावना रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आर्थिक तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले सकारात्मक नतिजा हात लाग्नेछ । बिभिन्न भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सामान्यतया झैझगडा र वादविवादमा फस्ने योग रहेकोछ । मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग नपाइने काम गर्न गाह्रो महशुष हुनेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ । आफन्त तथा मावली पक्षसँग विचार नमिल्दा दैनिक कामहरु प्रभावित हुनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसाय फस्टाएर जानेछ । आय आर्जनका नयाँ स्रोत थपिनेछन् भने धन संग्रह गर्न सकिनेछ । क्षमता प्रयोग गरि स्वरोजगार बन्न सकिनेछ । अध्ययनमा प्रगति हुनुका साथै आफ्नो ज्ञान प्रयोग गरि काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्ध पुनह रुचारु हुने अधिक सम्भावना रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा रमाउने समय रहेको तथा बंश बृद्धिको गतिलो योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राजनीति तथा समाजसेवामा जनताको भने जस्तो समर्थन पाईने तथा मानसम्मान,ईज्ज्त प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थिहरुले पढाइमा राम्रो प्रगति गरि नतिजा आफ्नो हातमा पार्न सक्नेछन् । घर जग्गा तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन सक्दा दिन रंगिन बन्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्ख हेरको रणनिति अपनाउनु पर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समाजमा राम्रा काम गरि नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । पारिवारिक माहोलामा जभघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा थोरै लगानि गर्दा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने जीवन साथिको सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
कार्तिक १५ गते शनिबार, यस्तो छ तपाईंको  आजको राशिफल