Home स्वास्थ्य उपचाररत थप दुई जना कोरोना संक्रमितको निधन

उपचाररत थप दुई जना कोरोना संक्रमितको निधन

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको गए राति निधन भएको छ । निधन हुनेमा एक पुरुष र एक महिला छन् ।

धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका-३ का ६१ वर्षीय महिलाको पनि उपचारको क्रममा निधन भएको छ । कात्तिक ५ गते  श्वासप्रश्वाशमा समस्या भई उहाँ भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना हुनुभएको थियो। उहाँलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो।

उहाँको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कात्तिक ९ गतेबाट आईसीयूमा राखी उपचार गरिएको थियो। उहाँको पनि उपचारकै क्रममा गएराति २ः५५ बजे  निधन भएको अस्पतालले जनाएको छ ।

त्यस्तै भरतपुर महानगरपालिका-१० का ७९ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष श्वासप्रश्वासमा समस्या आए पछि अइतबार अस्पताल भर्ना हुनुभएको थियो ।

 उहाँको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आईसीयूमा राखी उपचार गरिएको थियो।उपचारकै क्रममा उहाँको गए राति १ः२० बजे निधन भएको अस्पतालले जनाएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
उपचाररत थप दुई जना कोरोना संक्रमितको निधन