Home मनोरञ्जन भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

र्‍यापर भिटेन नामले परिचित समिर घिसिङलाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ। मंगलबार उच्च अदालतका न्यायधीश नहकुल सुवेदीको इजलासले फौजदारी बाहेक गीतसंगीतको विषयलाई लिएर पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय नक्साल र केन्द्रीय साइवर ब्युरोलाई आदेश दिएको हो।

र्‍यापर भिटेनले कात्तिक १६ गते प्रहरी प्रधान कार्यालय नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा रिट निवेदन दर्ता गराएका थिए।

हालसाल सार्वजनिक भएको गीतमा प्रयोग गरिएका शब्दहरुलाई लिएर उनको आलोचना भएको थियो। प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गर्न साइबर ब्युरोलाई पत्रचार गरेपछि भिटेन अदालतको शरणमा पुगेका हुन्। अहिले भिटेनले उक्त गीतको भिडियो आफ्नो आधिकारी युट्युब च्याननलबाट हटाएर माफी समेत मागिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश