काठमाडौं : धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका दुई र एक मोरङका एक सहित तीन कोरोना संक्रमितको मृत्यु भएको छ।
सप्तरी राजविराजकी २३ वर्षीय महिला प्रतिष्ठानमा उपचारत थिइन्। उनमा पनि दीर्घ रोग थियो। १८ गते कोरोना पुष्टि भइ त्यसको भोलीपल्ट कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनको आज बिहान सबा ३ बजे मृत्यु भएको हो।
त्यसैगरी, राजविराज ८ का ६५ वर्षीय पुरुष दीर्घ रोग भइ प्रतिष्ठानमा उपचाररत थिए। १५ गते कोरोना पुष्टि भएको र सोही दिन अस्पतालमा भर्ना गरिएको थियो। उनको आज बिहान मृत्यु भएको हो।
मोरङका ५९ वर्षीय पुरुष, सप्तरी राजविराज १ की २३ वर्षीय महिला र राजविराज ८ का ६५ वर्षीय पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
मोरङका संक्रमित प्रतिष्ठानमा उपचाररत थिए। ९ गते कोरोना पुष्टि भइ सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो। मृतकमा दीर्घ रोग उच्च रक्तचाप र मुटुमा समस्या रहेको प्रतिष्ठानका सह- प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए। उनका अनुसार संक्रमितको आज बिहान ३ बजे मृत्यु भएको हो।
यो सँगै प्रतिष्ठानमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८८ पुगेको छ।