Home स्वास्थ्य नायिका ऋचा शर्माले जितिन् कोरोना

नायिका ऋचा शर्माले जितिन् कोरोना

काठमाडौं – नायिका ऋचा शर्मा कोरोना भाइरस संक्रमणमुक्त भएकी छिन् । ३ हप्ताअघि पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । ऋचाले सामाजिक सञ्जलमार्फत आफू कोरोना भाइरसबाट संक्रमणमुक्त भएको बताएकी हुन् ।

‘कोरोनाको यस महामारी एक अटुट सत्य हो र यसबाट सकेसम्म आफु र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सबैको दायित्व,’ ऋचाले लेखेकी छिन्, ‘भयावह अवस्थाबीच म पनि कोरोना संक्रमित हुन पुगेँ ।’

उनले विश्वव्यापी कोरोनाको यस महामारी एउटा अटूट सत्य भएको र यसबाट सकेसम्म आफू र आफ्नो परिवारको सुरक्षा गर्नु हामी सम्पूर्णको दायित्व भएको बताएकी छिन् ।

पढेर या परेर जानिने भन्दै ऋचाले भनेकी छिन्, ‘यस भयावह अवस्था बिच म पनि कोरोना बाट संक्रमित हुन पुगेँ । पछिल्लो तीन हप्ता देखि सेल्फ क्वारेन्टिनमा बसी अब सम्पूर्ण रुपमा स्वथ्य भएको छु कोरोनाको बारे हामीलाई अझै सम्पूर्ण ज्ञान नभएको, नयाँ फाइंडिंगहरु आइरहेको र नेपाल जस्तो विकासोन्मुख देशमा यसरी फैलिँदा आफू तथा आफ्नो परिवारको सुरक्षा गर्न म तपाईहरु सबैलाई विनम्र अनुरोध गर्छु ।’

यसअघि मनोज गजुरेल, हरिवंश आचार्य दम्पत्ती लगायत अन्य सेलिब्रेटीमा पनि कोरोना संक्रमण देखिएको थियो । खासगरी काठमाडौंमा कोरोना संक्रमण दर बढ्दो क्रममा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
नायिका ऋचा शर्माले जितिन् कोरोना