काठमाडौं : गायक दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन्। बिहीबार उनले युट्युबमार्फत् ‘ह्याप्पी तिहार- २ डन आयो डन’ बोलको गीत सार्वजनिक गरेका हुन्।
थापालाई गायनमा योगेश काजीले पनि साथ दिएका छन्। गीतमा शब्द र संगीत दुर्गेश थापाकै छ। पल शाह, योगेश काजी, तथा दुर्गेश थापाको अभिनय रहेको गीतको भिडिओलाई शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्।
गत वर्ष थापाले तिहार लक्षित डन आयो डन नामक गीत सार्वजनिक गरेका थिए।हेर्नुहोस् भिडियो: