Home राशिफल कार्तिक २१ गते शुक्रबार, यस्तो छ तपाईंको आजको राशिफल

कार्तिक २१ गते शुक्रबार, यस्तो छ तपाईंको आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

दाजुभाई तथा छिमेकिहरुसँग आन्तरिक बिषयमा मनमुटाव बढ्नेछ भने सत्रले दुख दिनेछन् । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँको पक्षमा नहुन सक्छन् ध्यान दिनुहोला । माया प्रेममा सामान्य मनमुटाव तथा पति पत्नी बीच अबिस्वास बढ्न सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । पढाइ लेखाइमा ध्यान नजादा नतिजा बिग्रन सक्छ ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पारिवारिक माहोलामा जमघट् भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । उत्तम बस्त्र तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोछ । खाद्यान्न,धातु तथा औषधिजन्य सामानको व्यापार फस्टाएर जानेछ । बोलिको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामदेखेर सबैजना प्रशन्न हुनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पति पत्नीको सहयोगले राम्रा काम गर्र्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढन पाढनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

समय मध्ययम रहेकोले उत्साह र जाँगरमा कमी देखिने छ । लगानी र श्रमको उचित मूल्य नपाइने समय रहेकोछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी महसुस हुनेछ । समयमा होसियार बन्न नसक्दा आम्दानीका तुलनामा खर्चको मात्रा बढ्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने छ । परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आम्दानिका बाटाहरु एक्कासि रोकिदा दैनिक काम प्रभावित हुनेछ । अनावस्यक ठाउँमा खर्च बढ्ने तथा उपलब्धी बिहिन काममा समय बित्नेछ । अल्छि गर्नाले पढाइ लेखाइ प्रभावित हुने तथा अरुभन्दा पछि परिनेछ । पैत्रिक धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाबस्यक विवाद हुन सक्छ । व्यापार व्यावसायमा लगानि गर्दै हुनुहुन्छ भने केहि समय पर्ख र हेरको रणनीति अपनाउनु होला । माया प्रेममा अविस्वास सिर्जना हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

राम्रा काम गर्दा गर्दै बिपक्षहरुले अनावस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् । कार्य क्षेत्रमा काम बिग्रने तथा आलोचनाको शिकार हुनुपर्दा मान सम्मानमा आघात पुग्नेछ । व्यापारमा भनेजस्तो आम्दानि नहुने हुनाले दैनिकी प्रभावित हुनेछ । उपलब्धी बिहिन काममा समय गुज्रिने हुँदा पढाइ लेखाइमा ध्यान जाने छैन । प्रेम सम्बन्धमा सामान्य घटपट हुन सक्छ ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

हाँसखेल र मनोरञ्जनका लागि समय उत्तम रहेकोछ । असन्तुष्टि समाप्त हुनेछन् भने अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय भई समुदायको हितमा काम गर्न सकिनेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा मन जानेछ । छोटो दुरिको धार्मिक यात्राको प्रशस्त सम्भावन रहेकोछ । धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले काम गर्न अप्ठ्यारोमा महशुष हुनेछ । लेनदेनको कारणले विवाद आउने तथा चुनौतीको सामना गर्नु पर्नेछ । आफन्त तथा दिदि बहिनीबाट सजग रहनुहोला । व्यापारमा मन्दि आउने तथा आर्थिक रूपमा पनि नोक्सानी हुने योग रहेकोछ । न्यून पारिश्रमिकमा दिन व्यातित गर्नुपर्दा मन खिन्न हुनेछ । परिवारजनसँग आत्मीयतामा कमी हुनेछ भने प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

माया प्रेममा आम्मियताको बढोत्तरी हुनेछ भने सामिप्यता बढेर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा मनग्गे आम्दानि हुनेछ । जीवन साथिसँग रमाईलो यात्राको तय हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । शरिरमा स्फुर्ति बढ्ने हुँदा जस्तो सुकै काम गर्नपनि जागर आउँनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

प्रतिस्पर्धीहरु हर क्षेत्रमा हावि हुनाले तपाईको हरेक पाईलामा अवरोध खडा गर्नेछन् । कुनै मुद्दा मामिलामा सहभागि नहुनु होला न्यायिक निर्णयहरु आज तपाईको पक्षमा नहुन सक्छ । पढाइ लेखाइमा ध्यान नजाने हुनाले अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ । धन सम्पति हराउने तथा चोरिने अधिक सम्भावना रहेकोले आफ्नो धनमालको सुरक्षा गर्न जरुरि देखिन्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आकस्मिक धन,सम्पति लाभ हुने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको गाठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । बिद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

घरायसी वातावरणमा केही असामान्य अवस्थाको सिर्जना हुनेछ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा अस्थिरता आउने तथा आत्मविश्वासमा कमि हुनेछ भने निर्णायक क्षमतामा कमी आउने छ । अर्काको भर पर्दा काम धन्दा थाति रहनेछन् । तरपनि नयाँ काम गर्दै हुनुहुन्छ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु आजको दिन राम्रो हुनेछ । कृषि क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
कार्तिक २१ गते शुक्रबार, यस्तो छ तपाईंको आजको राशिफल