Home समाचार मोरङ र सुनसरीमा थप चार कोरोना संक्रमितको मृत्यु

मोरङ र सुनसरीमा थप चार कोरोना संक्रमितको मृत्यु

काठमाडौँ- मोरङ र सुनसरीमा थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक चारै जना महिला हुन्। कोरोना संक्रमित दुई महिलाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृतक झापा र सुनसरीका महिला छन् । झापाको शिवसताक्षी–६ की २६ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए ।

मृतकमा कुनै दीर्घ रोग भएनभएको केही पनि खुलाएको छैन ।  ती महिलामा कात्तिक १५ गते कोरोना पुष्टि भएपछि उपचारका लागि भर्ना गरिएको थियो ।

धरान–९ की ६७ वर्षीया र वडा नम्बर १६ की ८१ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार साँझ मृत्यु भएको हो ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६७ वर्षीया ती महिलाको साँझ ६ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए।

यस्तै सुनसरीको दुहवी–९ की ६८ वर्षीया वृद्धाको पनि उपचारका क्रममा नोबेलमै अस्पतालमा मृत्यु भएको छ ।दाहालका अनुसार कोरोना पुष्टि भएपछि कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएको वृद्धाको शुक्रबार राति नौ बजे मृत्यु भएको हो ।

सुनसरीको धरान उपमहानगरपालिकामा पनि संक्रमित दुई महिलाको मृत्यु भएको छ।

यस्तै उच्च रक्तचापको पनि समस्या रहेको ८१ वर्षीया महिलाको पनि शुक्रबार साँझ नै मृत्यु भएको श्रेष्ठले बताए । कात्तिक १९ गते कोरोना पुष्टि भएपछि २० गते कोभिड अस्पतालमा भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
मोरङ र सुनसरीमा थप चार कोरोना संक्रमितको मृत्यु