मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
ईमान्दार तथा परिश्रमी भएर जीवनशैलिमा परिवर्तन ल्याउन सकिनेछ । प्रेम तथा मित्रताको गाठो कसिलो हुनुका साथै घर परिवारमा आफन्तसँगको सम्बन्ध थप प्रगाड बनाउन सकिनेछ । पढाइ लेखाइमा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिने हुँदा मन प्रशन्न रहनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रत्येक काममा बाधाअडचन आउने तथा ढिलो गरी कार्यसम्पादन हुनेछ । आफूले भनेको कुरालाई विपरीत अर्थ लगाई आलोचना गर्न सक्छन् । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छन् ध्यान दिनुहोला । सामाजिक र परोपकारको क्षेत्रमा काम गर्न खोज्दा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
दाजुभाई तथा छिमेकिबाट तपाईँले सुरु गर्नुभएको कामको उच्च मुल्याङकन हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा भनेजस्तो सफलता हात लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । उत्पादनमूखी व्यावसायमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
परिवारका साथ रहेर मिष्ठान्न भोजन गर्ने अवसर मिल्नेछ । कुटुम्ब तथा आफन्तहरुले तपाईँको काममा सहयोग गर्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ । अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा काम गर्न सकिनेछ । सामाजिक काम गरि नाम कमाउन सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
सुन्दर तथा बिलाशि वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । नयाँ योजना बनाई महत्वकाक्षी योजना सार्वजनिक गरे नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता तथा सुमधुरता बढेर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने अरुभन्दा अग्र पंत्तिमा तपाईँको नाम आउनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधी उपचार खर्च बढ्न सक्छ । आफन्त तथा साथिभाईबाट सुनिने अप्रिय समाचारले मन दुखित तुल्याउनेछ । अन्य काममा ब्यास्त रहनाले पढाइ लेखाइमा समय दिन सकिने छैन । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सामाजिक काममा समय खर्च हुनेछ भने धार्मिक तथा सामाजिक क्षेत्रबाट सम्मानित भई मान सम्मानमा बृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ भने आम्दानीका नयाँनयाँ स्रोत पत्ता लगाउन सकिनेछ । पारिवारिक सुख मिल्ने तथा मातापिता वा अभिभावक वर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । चाहना बमोजिम कार्य सम्पन्न गर्न सकिने छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
साथिभाई तथा शुभचिन्तक हरुको साथ तथा समर्थन रहने हुनाले दैनिक कामहरु गर्न सहज हुनेछ । सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । राजनीतिज्ञ र समाजसेवाको क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
बौद्धिक व्यात्तित्व तथा बिशिष्ट व्यात्तिहरुसँग भेटघाट हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धी हासिल गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ । अग्रज तथा शुभचिन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रविधिको सहयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
पढाइ लेखाइमा सोचेजस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरुहरु प्रसन्न हुनेछन् । दाम्पत्य जीवनमा बिश्वासको बाताबरण अझ बढेर जाने हुनाले घर परिवारमा घुसियालि छाउनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
माया प्रेमको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवन सुमधुर रहनेछ । सत्रु परास्त हुनेछन् भने न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगाडि बढि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । आफन्त तथा मावलीपक्षबाट तपाईँको काममा सहयोग हुनेछ ।