Home समाचार अब कोरोना परीक्षण र उपचार निःशुल्क

अब कोरोना परीक्षण र उपचार निःशुल्क

काठमाडौं । चौतर्फि आलोचना भएपछि सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । अब कोरोनाको परीक्षण र उपचार निःशुल्क हुने भएको छ । चौतर्फी आलोचना र दबाबपछि सरकारले कोभिड-१९ संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले सोमबार उक्त निर्णय गर्दै यससम्बन्धी तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । यसअघि सरकारले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने निर्णय गरेको थियो । तर सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णयलाई सच्याएको हो ।

परीक्षण र उपचार निःशुल्क गर्नेसम्बन्धी विस्तृत खाका तयार पारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई जानकारी गराउने एक मन्त्रीले बताए । सर्वोच्च अदालतले गत असोज १५ गते कोरोना संक्रमणको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । अदालतले केही दिनअघि सरकारले दिएको निवेदन समेत खारेज गरेको थियो । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले पनि संक्रमितको परीक्षण तथा उपचार निःशुल्क गर्न सरकारलाई निर्देशन दिएको थियो ।

निःशुल्क कोरोना परीक्षण र उपचार सेवा भने सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा मात्र हुनेछ । यस्तै मन्त्रिपरिषद् बैठकले कोभिड-१९ भ्याक्सिन समयमै आपूर्ति गर्न अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित तीन सदस्यीय समितिसमेत गठन गरेको छ । यो समितिले कहाँ-कहाँ भ्याक्सिन बनिरहेको छ, कहिले र कुन प्रक्रियाबाट ल्याउने भन्नेबारेमा अध्ययन तथा तयारी गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
अब कोरोना परीक्षण र उपचार निःशुल्क