Home समाचार नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौं : कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ । झापामा तीन, रुपन्देही र बर्दियाका दुई-दुई र दाङ र चितवनमा एक–एक जनाको मृत्यु भएको हो । बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका तीनजनाको उपचारको क्रममा ज्यान गएको छ ।

कचनकबल गाँउपालिका ६ की ६८ वर्षीया महिलाको पनि सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै मेचिनगर २ का ८६ वर्षीय बृद्धको पनि नोबल अस्पतालमै उपचारको क्रममा मृत्यु भएको छ ।

त्यस्तै बर्दिया ठाकुरबाबा नगरपालिका २ का २९ वर्षीय पुरुष, बासगढी नगरपालिका–८ का ३५ वर्षीय पुरुष र दाङ घोराही उपमहानगरपालिका १५ का ६४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । झापा हल्दीबारी –४ का ७२ बर्षिय पुरुषको पनि उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको छ ।

त्यस्तै मेडिकल कलेजमा उपचाररत चितवनको भरतपुर १९ का ७७ वर्षीय वृद्धको पनि उपचारको क्रममा मृत्यु भएको छ । यसैगरी रुपन्देहीको भिम अस्पतालमा उपचारका क्रममा दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धार्थ नगर नगरपालिका १२ का ७० वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिका १० का ४७ वर्षीया महिला रहेका छन् । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १ हजार १ सय ३५ जना पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु