सुस्मिता खतिवडा,
धादिङ : हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिन थालेको छ । बारीभरि ढकमक्क फुलेका फूलले पनि तिहारको झल्को दिन थालेका छन् ।
गाउँघर अहिले ढकमक्क फुलेको फुलले बेग्लै रौनक दिएको छ । घर सजाउन मात्र नभई कुकुर तिहार, गाई पुजादेखि भाइटिकामा समेत तिहारमा फूलै चाहिने भएकाले अहिले यसको अत्याधिक माग छ ।








मखमली फूलको महत्व
मखमली फूलले एउटा छुट्टै महत्व बोकेको छ । मखमली फुलको माला वास्तवमा कहिल्यै पनि ओइलाएर जादैँन । मखमली फूल नेपालीहरु को लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो ।
मखमली फूल कहिले नओइलिने भएकोले यसलाई दिर्घायु र स्वस्थ जीवनको प्रतीकको रुपमा लिइन्छ्र । त्यसैले यस फुलको माला तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लगाइदिन्छन् ।
संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्नमा पनि सुन्दर भएको ले सन् १८५५ मा जङ्गबहादुरले बेलायत पठाएको उपहार मा पनि परेको थियो । त्यस समयमा यो यो नेपालमा प्रशिद्ध रहेको र भारतमा अप्राप्य रहेको प्रतित हुन्छ ।
सेतो, गाढा कलेजी तथा हल्का रातो रंगमा फुल्ने मखमली तिहारको भाइटिकामा विशेष प्रयोगमा आउँछ । छुँदा घोच्ने यो फूललाई नरम मखमली नाम दिइनुमा सुरुमा नेपाल ल्याँउदा फूलको रंग मखमलको कपडाजस्तो देखिनु नै भएको अनुमान गरिन्छ ।