असिमीत लोभलाल्चा गरि भित्रभित्रै जल्छ मान्छे,
परिश्रम गरेर होईन अब बसि बसी गल्छ मान्छे ,
जति वस्त्र भएपनि नाङ्गिँदैछन् आज मान्छे,
खान नपाएर होइन यहाँ धेरै खाएर मर्छ मान्छे,
जाँगरिलो भएर होइन यहाँ, अल्छि भएर बस्छ मान्छे |
आफ्नो प्रगतिमा होइन अब,
अरुको पौरखमा जल्छ मान्छे
आँशु लुकाएर होइन अब
आँशु बगाई हाँस्छ मान्छे|
अरुको सुखमा होइन यहाँ,
अरुको दु:ख र पीडामा हाँस्छ मान्छे ||
माटोसँग होइन अब,
सम्पत्तिसँग लडृछ मान्छे |
आफ्नो पराई होइन यहाँ,
सँसार नै नष्ट गर्छ मान्छे |
आखिर किन यस्तो हुँदैछ ?
आजका मान्छे ||
धन्यवाद !