Home समाचार कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप छ जनाको मृत्यु भएको छ । मोरङ र झापामा दुई–दुई सुनसरी र बाँकेमा एक एक जनाको मृत्यु भएको हो ।

झापाको दमक छ की ४६ वर्षीया महिलाको पनि उपचारको क्रममा ज्यान गएको छ । यस्तै, मोरङको उर्लाबारी ८ की ४५ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ ।

त्यस्तै चार जनाको मोरङका अस्पतालमा उपचारका क्रममा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो । झापाको गौरादह– दुई की ४९ वर्षीया महिला, सुनसरीको इटहरी–३ की ४० वर्षीया महिला, मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

बाँकेको कोहलपुर मेडिकल कलेजमा कोहलपुर नगरपालिका वडा नं १, कौशिलानगरकी ३२ वर्षीया महिलाको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु