काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा विद्युत् आपूर्ति पर्यापत हुने स्पष्ट पारेको छ । विगतका वर्षहरुमा लक्ष्मी पूजाको दिन अत्याधिक विद्युत् माग हुने गरेकाले यस पटक भने सामान्य दिनमा भन्दा अझ कम खपत हुने प्राधिकरणको अनुमान छ ।
प्राधिकरणले सूचना प्रकाशित गर्दै तिहारमा निर्धक्कसँग विद्युतको प्रयोग गर्न आग्रह गरेको छ । दीपावलीको बेला बढी बिजुली खपत हुने हुँदा यस बेला विद्युत सेवा अवरुद्ध हुन नदिन प्राधिकरणले विभिन्न उपायहरु अपनाइरहेको जनाइएको छ ।
विगतका वर्षहरुमा उद्योगधन्दा र कलकारखानासमेत सञ्चालन हुने गरेकाले विद्युतको माग अत्याधिक हुने गरेको थियो । तर यस वर्ष कोरोना महामारीका कारण होटल तथा कलकारखानाहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेकाले विद्युतको चाप नरहेको प्राधिकरणको भनाइ छ ।