मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिहानको समय राम्रो रहेकोले आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कला र गलाको प्रभाव बढ्नेछ । अग्रजको सद्भाव रहनेछ । राजनीतिक तथा पेशागत क्षेत्रमा पदोन्नतीको योग छ । खर्च बढ्नाले आर्थिक पक्षले सताउन सक्छ । सन्तान सुखको योग छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बिहानको समय मध्ययम रहेकोले अध्ययनमा मन जाने छैन भने प्रतिस्पर्धीहरु हावी हुनेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा घरपरिवारका साथ मिष्ठान्न भोजन गर्दै समय व्यातित गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
धार्मिक यात्राको योग छ । अधुरा कामले पूर्णता पाउन सक्छ । पेटसम्बन्धी समस्या हुन सक्ने छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । प्रेमी प्रेमिकाबीच कशिलो सम्बन्ध बन्नेछ । शैक्षिक क्षेत्र मध्यम नै रहनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बिहानको समय राम्रो रहेकोले दाजुभाई तथा आफन्तको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ भने आफन्तसँगै रहेर मिठो मसिनो भोजनका साथ रमाउन पाउदा मन प्रशन्न हुनेछ । अध्ययन तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । समयले साथ दिने हुनाले सानो सानो लगानीबाट आम्दानी गर्न सकिनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रतिष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहला।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बिहानको समय राम्रो रहेकोले राजनीति तथा खेलकुदमा समय खर्चिने हरुका लागि समय उत्तम रहेकोछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । मध्यान्हबाट आर्थिक गतिबिधि सम्बन्धी काम गर्दा बिशेष चनाखो रहनु होला समय मध्ययम रहेकोछ । अध्ययनमा समय दिए अनुसार नतिजा आउनेछ । माया प्रेममा सामान्य मनमुटाब भएपनि अन्तत सौहार्दपूर्ण वातावरणमा समय व्यातित हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सामाजिक काम समयमा सम्पन्न गर्न नसकिने हुँदा ईज्जत प्रतिष्ठामा कमि हुनेछ । आफन्त तथा साथिभाईसँग रुपैया पैसाको कारोबार आजको दिन नगर्नुहोला । खुट्टा तान्ने तथा फसाउँनेहरु देखि सजक रहनुहोला । पढाई लेखाईमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा आम्दानिमा कमि हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
लामो समयदेखि अधुरो रहेको धार्मिक कर्म पूरा हुने योग छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । छोटो यात्राको योग छ । आफन्तसँगको भेटले मन प्रफुल्ल हुनेछ । नयाँ अवसर प्राप्त हुनेछ । काम देखाएर अरूलाई प्रभावित पार्न सक्नु हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पारिवारिक जीवन सुखद रहनेछ भने घरपरिवारका सदस्य,मित्र,नातागोता माझ सम्बन्ध सुदृड हुनेछ । राम्रा काम गर्न सकिने हुनाले पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । छोटो दुरिको यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछ । थोरै मेहनेत गर्दापनि आयस्रोतलाई राम्ररी उकास्न सकिनेछ । ललितकला,संगित एवम साहित्यमा रुचि बढ्नेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिने समय रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बिहानको समय मध्ययम रहेकोले आफन्त तथा अग्रजसँग मनमुटाब बढ्ने योग रहेकोछ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा बाधा तथा अवरोध हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा बृद्धि भई आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । राजनीति तथा सामाजिक काममा जनताकोको समर्थन रहने हुनाले पद प्राप्तीको योग रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
स्वास्थ्य सुधारोन्मुख हुँदै जानेछ । आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग रहनेछ । रतिरागको योग देखिएकाले मन उत्ताउल हुन सक्छ । छिट्टै अरूको विश्वास गर्दा धोका पाउने सम्भावना छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ । सरसामान हराउन सक्ने भएकाले साबधानी अपनाउनु होला ।