काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।
देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ३३९ जना काठमाडौं उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ ।