मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आलोचना गर्ने गोप्य शत्रुहरू सक्रिय हुन सक्छन् ध्यान दिनुहोला । सरकार,प्रशासन वा अड्डाअदालतका काममा पनि विघ्न हुनेछ । कार्यक्षेत्रमा सिनियर्स हरूसँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन्छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थले साथ दिने हुँदा शाहसिलो काम गर्न आट आउनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराई परिणाममूखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम भने थाति रहनेछ । आमा तथा आफन्तसँग छुट्टिनु पर्दा मन खिन्न हुनेछ । पढाइ लेखाइमा मन नजाने हुँदा अरुभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । आर्थिक रुपमा सम्पन्न हुन चालिएका कदमहरु बिफल हुने हुदा दैनिकी प्रभावित हुनेछ । बोल्दा वा कुनैपनि निर्णय गर्दा ख्याल गर्नुहोला गलत अर्थ लगाएर फसाउनेहरु हावि हुनेछन् ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।अध्ययनमा सफलता मिल्नेछ ।आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
आम्दानिका नयाँ बाटाहरु पहिल्याउदै मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । सरकारी धन तथा पैत्रिक सम्पति हात लागि हुने योग रहेकोछ । अधुरा तथा पुराना कामहरु फत्ते हुने तथा नयाँ प्रकृतिका काम शुभारम्भ गर्न सकिनेछ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।