Home समाचार लमजुङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ घाइते

लमजुङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ घाइते

लमजुङ : लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नंको जीप मङ्गलबार साँझ दुर्घटना हुँदा पाचोककै ७० वर्षीय सोनी गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार जीप दुर्घटनामा घाइते गुरुङको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको हो । मृत्युपश्चात मृतक गुरुङको शव परीक्षणका लागि बेँसीशहर नगरपालिका–८ स्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको उनको भनाइ छ ।

त्यस्तै ११ जना घाइतेमध्ये चार गम्भीर र सात जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गम्भीर घाइते हुनेहरुमा सोही गाउँपालिका वडा नं ५ का १५ वर्षीय निराजन गुरुङ, १७ वर्षीय सुरेश गुरुङ, २० वर्षीय प्रकाश गुरुङ र वडा नं ४ का ४८ वर्षीय पञ्चबहादुर तामाङ रहेका छन् ।

त्यस्तै अन्य घाइते हुनेहरुमा सोही जीपका चालक दोर्दी–५ पाचोकका ३७ वर्षीय मखनसिंह गुरुङ, सोही वडाका ३५ वर्षीय दुखित गुरुङ, पाँच वर्षीय दीपशन गुरुङ, पाँच वर्षीया आशिका गुरुङ, ४२ वर्षीया मसिना गुरुङ, १६ वर्षीय निराञ्जन गुरुङ र आठ वर्षीया निर्जला गुरुङ रहेका छन् ।

घाइते ११ जनाको पनि उक्त सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको हातखुट्टा, ढाड, टाउकोलगायत शरीरका विभिन्न स्थानमा चोट लागेको प्रहरीले जनाएको छ ।

रातिको समयमा साँघुरो र अप्ठ्यारो सडकमा कुनाबाट जानुपर्ने जिप सडक छेउबाट जाँदा दुर्घटना हुन पुगेको प्रहरी निरीक्षक पुनको भनाइ छ । उनका अनुसार जीप सडकबाट १५ मिटर तल किसेदीखोलामा खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
लमजुङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ घाइते