काठमाडौं । पछिल्लो २४ घण्टामा १९ सय ४५ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। २४ हजार ६६५ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा २४ हजार ६६५ जना र ७५३ जना क्वारेन्टाइनमा छन्।
हालसम्म कुल डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ। हालसम्म १६ लाख ४३ हजार ८९९ वटा पीसीआर नमूना परीक्षण गरिएको छ।
नेपालमा कोरोनाबाट १२ सय ९८ जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै २२ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ