Home समाचार "सडक दुर्घटना आजको प्रमुख समस्या"

“सडक दुर्घटना आजको प्रमुख समस्या”

कमला आचार्य,

धादिङ : विद्दमान समयको जल्दोबल्दो घटना र जटिल समस्या हो सडक दुर्घटना ! दिनप्रतिदिन हरेक समयमा यस्ता घटनाहरु नघटेका दिन छैनन् । हरेक किसिमका सवारी साधनहरु जूनसुकै समयमा पनि कहिँ न कहिँ दुर्घटना भईरहेको हुन्छ ।

कुनैपनि कारणले जानि नजानि दुर्घटना भईरहेको हुन्छ यि सब हुनुका पछाडि धेरै कारणहरु छन् । एक त सवारि साधन चलाउँदा सह चालकले भुमिका खेल्नु पनि हो किनकी सह चालकमा धेरै सीप भइसकेको हुँदैन जसकारण उचित किसिमको सीप र ग्यानको अभावमा पनि यस्ता दुर्घटनाहरु हुने गरेका छन् । अर्कातिर ट्राफिक बत्तिहरु ठाउँ ठाउँमा पर्याप्त नहुँदा ,जेब्राक्रसिङ नहुँदा अनि सडकको स्थीति अव्यवस्थित हुँदा यि यावत कारणहरुले दुर्घटना बढिरहेकाछन् । जेब्राक्रसिङमै पनि दुर्घना भएको घटना यदाकता नसूनिएको पनि होइन।

वास्तवमा यो धेरै विकराल किसिमको स्थिति भइसकेको छ ,हजारौँ मानिसहरुले अकालमै ज्यान गुमाउनुपरेको दयनीय अवस्था छ । अहिलेको पछिल्लो समयमा त व्यापक रुपमा बढ्दै गएको अवस्था छ । कतिपय अवस्थामा आफ्नै लापारवाहि त कहिले दुर्भाग्यवश यस्ता घटनाहरु घटित हुने गर्छन् । दिनानुदिन यस्ता समस्याले आम मानिसहरुको मानसिकतामा गम्भिर चोट पर्न गएको छ । कतै शान्ति छैन , साँच्चै मानव जीवन अहिले कहालिलाग्दो अवस्थामा छ । यसर्थ सडक दुर्घटना अहिलेको गम्भिर उदाहरण हो । यसलाई नियन्त्रण र सुव्यवस्थित गर्नु आजको अपरिहार्यता हो ।

सरकारले सवारी साधनबाट मात्रै बार्षिक लगभग ४ अर्बभन्दा बढी राजश्व संकलन गर्छ, भने यातायात व्यवस्था विभागले विभिन्न शीर्षकमा ८ अर्बभन्दा बढी राजश्व संकलन गर्छ । तर, सरकारले दुर्घटना न्यूनीकरणका कारणको खोजी गरी कार्यान्वयन गरेको पाइदैन। 

यसरि दिनदिनै दु:ख लाग्दो र डरलाग्दो घटनाहरु आखिर कतिन्जेलसम्म ? अब त केहि पहल गर्नुपर्छ , भत्के बिग्रेका बाटो मर्मत गरिनुपर्छ , ठाउँ ठाउँमा ट्राफिक बत्ति हुनुपर्छ, बाटो काट्दा जेब्राक्रसिङबाट काट्नुपर्छ ,सवारि चालकमा राम्रो सीप र अनुशासन हुनुपर्छ ट्राफिक नियमलाई पालना गर्नुपर्छ साथै धेरै कुराहरुमा ध्यान दिनु जरुरि छ । हतारिएर चलाएको सवारि साधन अन्तत:जोखिमपुर्ण हुनेगर्छ ! त्यसैले हामि सबैजना सभ्य बनेम भने नियम कानुनको पालना गरेम भने पनि यि घटनाहरु धेरै दोह्रोरिने थिएन होला बिडम्बना यहाँ सावधानि अपनाउँदा अपनाउँदै पनि अकस्मात दुर्घटना भइदिन्छ ! कतिपय अवस्थामा ‘हूने हार दैव नटार`भनेझैँ भइदिन्छ ।

यसरि दुर्घटनाले उग्र रुप लिइरहेको बेला अब हुने सडक विकासका कामहरु दिगो र दीर्घकालिन समयसम्म सुव्यवस्थित होस् , ट्राफिक नियमबारे सबैलाई चेतना होस् साथै आगामि दिनहरुमा यि घटनाहरु समस्याहरुलाई बुझेर सरोकालवालाहरुले साथै सडक विभागले पनि सुव्यवस्थित तवरले काम सुचारु गरुन् । अझ विद्दालयहरुमा विद्दार्थीहरुमा पनि ट्राफिक तथा प्राविधिक शिक्षा बेलैमा दिईयोस् ताकि उनिहरु बेलैमा सचेत र सजग बनुन् अनि अरुलाई पनि सजग गराउन सक्नेछन्। हाम्रोजस्तो यति सानो मुलुकमा पनि दिनानुदिन सडक दुर्घटना नै कहालिलाग्दो विषय बनेको छ। दुर्घटनाबाट मान्छेको मृत्य़ु नभएको दिन नै छैन ।

नेपाल प्रहरीको एक तथ्याङ्क अनुसार सडक दुर्घटनाबाट औसतमा दैनिक ५ जना नेपालीले ज्यान गुमाउछन्, भने बार्षिक १८ सयले, त्यस्तै लगभग १२ हजार हरेक बर्ष सडक दुर्घटनामा घाइते हुन्छन्।

अस्ति मात्रको घटना हो तिहारको नजिकमै तीन दाजुभाइको दुर्घटनामा परेर घटनास्थलमै मृत्यु भयो ,त्यस्तै अस्तिमात्रै पनि खानिखोलामा ट्रकले किचेर आठ वर्षको बालकले ज्यान गुमाउनुपर्यो ! यस्ता घटना हजारौँ घटिसकेका छन् कति पिडामा छन् कति त बिजोग अवस्थामा छन् । यसकारण दुर्घटनामा परि ज्यान गुमाएका परिवार आफन्तजनहरुको कति दयनिय अवस्था होला सोच्न नसकिने अवस्था छ ,त्यसर्थ आगामि दिनहरुमा यस्ता जटिल घटनाहरु नघटोस् हरेक नागरिकले शान्ति सुरक्षा पाऊन् यहि नै आम नागरिकको चाहना हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
"सडक दुर्घटना आजको प्रमुख समस्या"