काठमाडौं : आइतबार सुन प्रतितोला तीन सयले बढेर ९४ हजार तीन सयमा पुगेको छ। शुक्रबार सुन प्रतितोला ९४ हजार तोलमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिनको तुलनामा यो मूल्य स्थिर हो।