काठमाडौं : पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएसँगै मृतकको संख्या १३२१ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १६६९ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै देशभर संक्रमितको संख्या २ लाख २० हजार ३०८ रहेको छ भने सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ जना रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ५६९९ रहेको छ । योसंगै निको हुने कुल संख्या १ लाख ९९ हजार २४ जना पुगेको छ । मन्त्रालयका अनुसार १९ हजार ९ सय ६३ जना आइसोलेशनमा रहेका छन् भने ६८६ जना क्वारेन्टिनमा रहेका छन् ।