मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँ काम गर्नु पहिले ध्यान दिनुहोला अवसरवादीहरुले फसाउन सक्छन् । दाजुभाई तथा आफन्तलाई बिश्वास गर्दा धोका पाईनेछ । माया प्रेममा एक अर्काबिच मनमुटाव हुने तथा पति पत्नी बीचको सम्बन्धमा अबिश्वास बढ्नेछ । अन्यत्रै ध्यान मोडिदा पढाइ लेखाइमा पछि परिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अनुहारमा कान्ती र मनमा शान्ति छाउनेछ । आम्दानीका स्रोत बढ्नेछन् । दाजुभाइसँग सम्बन्ध प्रगाढ हुनेछ । सरकारी निकायबाट भय भए पनि मुद्दामामिलामा तपाईँकै जित हुनेछ । पितासँगको सल्लाहमा गरेको काममा सफलता मिल्ला । शैक्षिक क्षेत्र ठीकै होला । सन्तान सुख मिल्ला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
असन्तुष्टि समाप्त हुनेछन् भने अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय भई समुदायको हितमा काम गर्न सकिनेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा मन जानेछ । छोटो दुरिको धार्मिक यात्राको प्रशस्त सम्भावन रहेकोछ । धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
धार्मिक क्षेत्रमा मन जानेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । रोकिएको काम बन्न सक्छ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। यात्रामा सावधानी अपनाउनु होला । खानपानमा ख्याल नगर्दा स्वास्थ्य विग्रन सक्नेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछन् । जागिरमा बढुवा, प्रशंसा र पुरस्कार पाईने योग रहेकोछ । साजाजिक काम गरि प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि गर्न सकिनेछ । छोटो दुरीको लाभदायी यात्रा हुने योग रहेकोछ भने पारिवारिक जीवनमा रमाइलोपना आउने छ । घरायसी काममा समय र धन खर्च हुनेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
धनआर्जनका नयाँ स्रोत पत्ता लाग्नेछन् । सही समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्यमा सफलता मिल्ला । शेयरको कारोवारमा सफलता मिल्ला । अधुरा कामले पूर्णता पाउन सक्छ । प्रेम सम्बन्धमा खटपट आउन सक्छ । अनावश्यक दबाब झेल्नु पर्ला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
जानकार व्यक्ति वा गुरुजनको सहयोगले आत्मबल बढ्ने तथा छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । बन्दव्यापारबाट प्रशस्त लाभ हुनेछ भने दैनिक उपभोग्य सामानको कारोबारबाट नाँफा कमाउन सकिनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनेछ । भौतिक सम्पती तथा विलाशी सामान उपाहारको रुपमा प्राप्त हुने योग रहेकोछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
साथीभाईसँग रमाइलो यात्रा हुन सक्छ । परिवारका सदस्यसँगको समय व्यतित हुँदा मन प्रफुल्लित हुनेछ । आम्दानीका नयाँ नयाँ बाटा पहिल्याइनेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । अध्ययन अध्यापन मध्यम रहनेछ । विपरित वर्गप्रतिको आकर्षण बढ्ला ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
परिवानजनको सहयोगले दिन उत्साहपुर्वक वित्नेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुनेछन् । सानो लगानिबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । छोटो दुरिको यात्रा हुने योग रहेकोछ । बिग्रन लागेको काम बन्नाले मन प्रशन्न हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अनावश्यक झै झमेलामा फसिएला । खर्च बढ्नेछ । दिनको उत्तरार्धमा सुखद् समाचार सुन्न पाइएला । नजिकको मित्रबाट सहयोग रहनेछ । प्रेमी प्रेमिकाबीच पुनर्मिलनको योग छ । यात्रामा साबधानी अपनाउनु होला । शैक्षिक क्षेत्र ठीकै रहनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
धार्मिक र सामाजिक काममा मन जाने तथा समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । घरपरिवार तथा आफन्तबाट साथसहयोग प्राप्त हुनेछ । समयले साथ दिने हुनाले राम्रा अवसरहरू प्राप्त हुनेछन् । स्वास्थ्य अनुकूल हुनाले अध्ययन भनेजस्तो प्रगति गर्न सकिनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा रुपैया पैसा लगानि गर्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आकस्मिक धन लाभ होला । शत्रुहरू परास्त हुनेछन् । विरोधीहरूले तारिफ गर्न थाल्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिएला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। अग्रजको साथ सहयोगले आत्मबल बढ्नेछ । नयाँ काम गर्नेहरूका लागि शुभ अवसर छ । योजना गोप्य राख्नु हितकर हुनेछ ।