Home राशिफल मंसिर ९ गते मंगलबार, यस्तो छ तपाईंको आजको राशिफल

मंसिर ९ गते मंगलबार, यस्तो छ तपाईंको आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

हठ गर्ने बानीले समस्या निम्त्याउनेछ भने कमिकम्जोरी ढाकछोप गर्न खोज्दा थप घाटा लाग्नेछ । अग्रज तथा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ । सरकारि नियमको पालना नगर्दा दण्ड वा जरिवाना तिर्नुपर्ने हुनसक्छ । अध्यनमा मन जानेछैन । तरपनि काम वा अध्ययनको सवालमा विदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ भने तपाईबाट राम्रा निर्णय हुनाले सबैतिर चर्चा हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुनेछ । गित संगीत तिर ध्यान जानेछ भने बाहिरि गतिबिधिमा भाग दिई नाम कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थिति रहनेछ । पढाइ लेखाइमा राम्रा प्रगति गर्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

विपरित लिंगीबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र सुधारोन्मुख हुनेछ । परिवारमा कलह हुन सक्छ । अध्ययन अध्ययापन मध्यम रहनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । मध्यान्हबाट स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

मनमा हर्ष,उमङ्ग र उत्साह रहला । पदोन्नतीको योग छ । राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । वित्तीय संस्थाबाट सहयोग मिल्ला । वैदेशिक कार्य अघि बढ्नेछ । आज रमणीय र सुखद् यात्राको योग छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बिद्या तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउदै सकारात्मक नतिजा हात लाग्ने योग रहेकोछ । आयात निर्यात व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । मामा तथा मावलि पक्षबाट तपाईको काममा सहयोग तथा समर्थन पाईने हुँदा मन प्रसन्न हुनेछ । पुराना तथा थाति रहेका काम तथा आर्थिक मुद्दाहरु हल भएर जानेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अध्ययन तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । समयले साथ दिने हुनाले सानो सानो लगानीबाट आम्दानी गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले फाईदाका लागी पछि लाग्दा धनमाल गुम्न सक्छ ध्यान दिनुहोला । सवारी साधन तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । आज स्वस्थ्य समस्या बल्झिनेछ । अनावश्यक धन खर्च हुनेछ । साथीभाईको सहयोग भने कायमै रहनेछ । शैक्षिक क्षेत्र मध्यम रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यावसायमा प्रशस्त नाँफा कमाउन सकिने हुनाले दैनिकि फेरिनेछ । प्रेम प्रसङगमा रमाउन चाहनेहरुका लागि दिनले साथ दिईने हुनाले आफुले मन परेको प्रिय पात्रलाई आफ्नै मन मुटुमा राख्न पाउदा मन प्रशन्न हुनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै बोलेर मनग्ने आम्दानि गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफ्नो निर्णय क्षमता देखाउन सकेमा राम्रो हुनेछ । प्रेममा सफलता प्राप्त होला । धनसम्पत्ती हानी हुने योग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
मंसिर ९ गते मंगलबार, यस्तो छ तपाईंको आजको राशिफल