नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुन १ हजार ८ सयले घट्दै ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य तोलामा एकैदिन १८ सयले घटेर ९२ हजार ५ सयमा पुगेको छ। सोमबार सुन ९४ हजार ३ सयमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३० रुपैयाँले घट्दै १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।