मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पैत्रिक सम्पतिको परिचालन गरि मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा अगाडि देख्न पाउदा मन प्रफुल्लित हुनेछ । पढाइको लगावले वौद्धिक क्षेत्र फराकिलो हुनेछ । कृषि,पशुपालन तथा घरेलु काममा दिन व्यातित हुने योग रहेकोछ । व्यापारमा अरुदिन भन्दा सामान्य वृद्धि हुनेछ
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धार्मिक आस्था बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुुभ तथा माङ्गलिक कार्यमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । आत्मविश्वास र हिम्मतका साथ अघि बढेमा भाग्यभावमा रहेको चन्द्रमाले साथ दिनेछ । काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने समय उत्तम रहेकोछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार–व्यवसायमा विशेष लाभ लिने सकिनेछ भने दैनिक उपभोग्य बस्तु तथा औषधीजन्य सामानको व्यापारमा वृद्धि हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने योग रहेकोछ । तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप नै सहयोगी जुट्ने छन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धेरै समय पछि आफन्तसङ्ग भेटघाट हुनेछ । प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
राम्रै आम्दानि हुने तथा रोजगारिका अवसरहरु जुट्नेछन् । छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राका क्रममा आफन्तसँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउन सकिनेछ । आट तथा साहस बढेर जानेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने हुनाले मान प्रशन्न हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसि रहनेछन् ।