काठमाडौँ : कोरोना भाइरसविरुद्धको खोपले क्रमशः सफलता हासिल गरेको समाचार अन्तरराष्ट्रिय रुपमा नै सार्वजनिक भएपछि विश्वव्यापी रुपमा नै सुनको भाउ क्रमशः ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले निकालेको तथ्यांकअनुसार सुनको मूल्य घट्न थालेको हो।
तीन दिनको बीचमा (आइतबारदेखि बुधबारसम्म) सुन प्रतितोला २ हजार ८ सय रूपैयाँले घटेको छ। साेमबार प्रतितोला ९४ हजार तीन सय पुगेको सुन मंगलबार तोलामा एकैदिन १८ सयले घटेर ९२ हजार ५ सयमा कारोबार भएको थियो।
बुधबार १ हजार रूपैयाँले घटेर ९१ हजार ५ सयमा कारोबार भएको छ। आज चाँदीको मूल्य ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य अघिल्लो दिनको भन्दा ५ रुपैयाँले कम हो।