Home समाचार गुल्मी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

गुल्मी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

गुल्मी : गुल्मीको इस्मा गाउँपालिकामा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका ४ अन्तर्गत हुलबाट सदरमुकाम तम्घासतर्फ जाने क्रममा शुक्रबार बिहान हुलको स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी थप दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ईस्मा गाउँपालीका ४ का ६५ वर्षीय डम्बर बहादुर धिताल, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी, ३३ वर्षीय चित्र बहादुर दर्लामी, इस्मा गाउँपालिका ४ का १९ वर्षीय पर्शुराम थापा र मालीका गाउँपालीका ५ की ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरि उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङ घाइते भएका छन् । घाइतेहरुको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । जीप अनियन्त्रीत भई सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ । जीपका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
गुल्मी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो