Home राशिफल मंसिर १३ गते शनिबार, यस्तो छ तपाईंको आजको राशिफल

मंसिर १३ गते शनिबार, यस्तो छ तपाईंको आजको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सानाे प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूकाेे उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेकोछ । टाडाबाट घर फिर्ताको गतिलो योग रहेकोछ । तरपनि अन्य काममा व्यास्त हुनुपर्दा पढाइ लेखाइमा तपाईको उपस्थिति कमजोर रहनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ। व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

साथीभाइ तथा आफन्तसँग भेटघाट हुने योग रहेकोछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । तरपनि अध्ययनमा मन जाने छैन भने नतिजा अरुकै हातमा जानेछ । व्यापार व्यावसायमा मन्दि आउने तथा संयूक्त लगानीबाट सञ्चालिन सस्थामा विवाद आउने सम्भावना रहेकोछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आफन्त तथा दिदि बहिनीको सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ । भौतिक बस्तुको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । नसोचेको धन तथा सम्पति प्रयोग गर्न पाईने योग रहेकोछ । बोलिकै माध्ययमबाट धेरै कामहरु गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि हुनेछ । बौद्धिक तथा प्राज्ञिक सभा समारोहमा सहभागि भई गतिलो प्रश्तुति दिने अवसर जुर्नेछ भने आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । आकश्मिक धन तथा मानव निर्मित र्भातिक सम्पति लाभ हुने योग रहेकोछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

आर्जित धन सञ्चय गरि दीर्घकालिक प्रयोजनमा उपयोग गर्न सकिनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना बनाई समाधान गर्न सकिनेछ । बौद्धिक र प्राज्ञिक क्षमता बढ्ने छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
मंसिर १३ गते शनिबार, यस्तो छ तपाईंको आजको राशिफल