Home मनोरञ्जन "एकपटक दर्शन गर्नैपर्ने पवित्र धाम गोरखधाम"

“एकपटक दर्शन गर्नैपर्ने पवित्र धाम गोरखधाम”

कमला आचार्य,

धादिङ : धादिङको धुनिबेसी नगरपालिका वडा न. ५ मा रहेको एकमात्र पवित्र तीर्थस्थलका रुपमा परिचित गोरखधाम एक विशिष्ट धार्मिक स्थलका रुपमा चिनिन्छ । धादिङको धार्केबाट केहि माथि विजयपुरमा गोरखनाथ मन्दिर अवस्थित छन् । यहाँको मन्दिर एकदम शुन्दर र आकर्षण किसिमको छन् ,जता हेरेपनि रमणीय पर्यावरण ,हराभरा फुलबारिले वरिपरिको वातावरणलाई सुशोभित तुल्याएको छ ।

"एकपटक दर्शन गर्नैपर्ने पवित्र धाम गोरखधाम"

यहाँ आईपुग्दा साँच्चै मन नै एक किसिमको हर्षित हुन्छ साथै मनमा शान्ति र आनन्दको अनुभुति हुने गर्छ । यहाँको मनोरम किसिमको हावापानी अनि गोरखनाथ भगवानको दर्शन गर्न पाउनु नै सौभाग्यशाली कुरा हो ! यहाँ दर्शन गर्न पाउनु भनेको पशुपतिनाथ ,मुक्तिनाथ पुगेजस्तै आभाष हुन्छ किनकि यहाँ चारैतिर गोरखबाबाको मुर्ति छन् चार ढोकाबाट देख्न सकिन्छ साथै यहाँ सम्पुर्ण देविदेवताहरुको दर्शन यहिँ मिल्छ । जसकारणले गर्दा गोरखनाथ मन्दिरको छुट्टै पहिचान र गौरवको विषय रहन गएको छ ।

"एकपटक दर्शन गर्नैपर्ने पवित्र धाम गोरखधाम"

यहाँ मन्दिरको कला कौशल साँच्चै विशिष्ट किसिमको रहेको छ । अत: यहाँ विशेषगरि साउनको सोमबार , कृष्ण अष्टमि ,तीज साथै शिवरात्रीको बेलामा विशेष रमाइलो मेला लाग्ने गर्दछ । त्यस समयमा भजन कीर्तनका साथमा नाचगान हुने गर्छ ,कैयौँ भक्तजनहरुको भीड लाग्ने गर्छ एक किसिमको आनन्दमय वातावरण पैदा हुने गर्छ । जसकारण धार्मिक आस्था बढ्दै गएको पाईन्छ गोरखनाथ बाबाको मन्दिर निर्माण भएदेखि साँच्चै गाउँको वातावरण निकै उज्यालो भएको महशुश भएको छ ।

"एकपटक दर्शन गर्नैपर्ने पवित्र धाम गोरखधाम"

वास्तवमा हाम्रो देश नै मन्दिरै मन्दिरको देश भनेर सँसारसामु चिनिएको छ । यसर्थ हाम्रा प्रत्येक गाउँ गाउँमा पनि एक न एक मन्दिर रहेकै हुन्छन् र छन् पनि । यसै सन्दर्भमा एक उत्कृष्ट तीर्थस्थलको रुपमा हाम्रो सद्गुरु गोरखनाथबाबालाई लिन सक्छम् यहाँको विशेषता नै रमणीय तवरको छन् । यस ठाउँमा गोरखनाथ बाबाको मन्दिर कसरि रहन गए भन्ऩेबारे थोरै जानकारि दिन चाहेँ ।

"एकपटक दर्शन गर्नैपर्ने पवित्र धाम गोरखधाम"

विजयपुरमै गोरखनाथको मन्दिर निर्माण हुनुको कारण एउटा धार्मिक सोच पनि रहेछ ,धर्मको बाटोले समाजमा केहि नयाँ आयाम थपिने आशाका साथै समाजका मानिसमा धामिँक आस्था अझ प्रगाढ बनाउनका निमिक्त यहाँ मन्दिर स्थापना भएको हो । यस्तै मन्दिरहरु अन्यन्त्र स्थानहरुमा पनि अवस्थित छन् यहाँको गोरखनाथ दोस्रोमा पर्दछ पहिलो गोरखनाथ मन्दिर पालुङमा अवस्थित रहेको छन् ।

यहाँ गोरखबाबाको मन्दिर 2073 सालमा पुर्ण रुपमा निर्माण भएको थियो । यहाँ दर्शन गर्नका निमिक्त टाढा टाढादेखि पनि भक्तजनहरुको आगमन हुने गर्छ । यहाँ सदावहार रुपमा मन्दिर प्रवेश गर्न सकिनेछ । यहाँ सधैँझैँ विहान र साँझमा आरति हुने गर्छ र वरिपरिको वातावरण निकै शान्त रमणीय बनाइदिन्छन् । यसर्थ यहाँको वर्णन गरि साद्दे छैन त्यति मनोरम वातावरणमा गोरखनाथ बाबा अवस्थित छन् ।

"एकपटक दर्शन गर्नैपर्ने पवित्र धाम गोरखधाम"

सच्चा मनले मागेको मनोकामना पनि पुर्ण भइदिन्छन् । यसैले एकपटक अवश्य दर्शन गर्नैपर्ने एकमात्र धार्मिक तीर्थस्थलका रुपमा गोरखनाथ मन्दिरको नाम नै अग्रपङक्तिमा पर्दछन् । बाँचुन्जेल पवित्र मन र सफा बिचार र भावनाले सबैको भलाई हूने काममा अग्रसर रहौँ मानव सेवा नै पवित्र धर्म हो , सकरात्मक सोचले अघि बढेमा जीवनमा सफल अवश्य भइनेछ धर्मप्रति सबैको मन लागोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
"एकपटक दर्शन गर्नैपर्ने पवित्र धाम गोरखधाम"