Home अन्तरास्ट्रिय चीनका रक्षामन्त्री आज नेपाल आउँदै

चीनका रक्षामन्त्री आज नेपाल आउँदै

एजेन्सी : चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेइ फेङ्हो औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै छन् । छिमेकी भारतका विदेशसचिव हर्षवर्धन शृंगला फर्केको दुई दिनपछि चिनियाँ रक्षामन्त्रीको भ्रमण हुन लागेको हो ।

रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित बिहान १० बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ रक्षामन्त्री वेईलाई जंगी अड्डामा अपराह्न डेढ बजे सेनाको टुकडीले सम्मान गारत अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा उनीसँग औपचारिक वार्ता गर्नेछन्  ।

औपचारिक वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानसेनापति थापाले गर्नेछन् भने चिनियाँ पक्षको नेतृत्व रक्षामन्त्री वेईले गर्नेछन् । त्यसपछि बालुवाटारमा प्रधानमन्त्री ओली र शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री वेईबीच चिनियाँ राष्ट्रपति सी जिनपिङको गत वर्ष नेपाल भ्रमणका वेला तय भएअनुसार रणनीतिक साझेदारीको कार्यान्वयन एवं दुई देशबीचका सुरक्षा एवं राजनीतिक मुद्दामा पनि छलफल हुने बताइएको छ ।

काठमाडौं ओर्लेलगत्तै मन्त्री वेई बालुवाटारस्थित चिनियाँ दूतावास जानेछन् । त्यहाँ दिवाभोज गरेपछि उनी औपचारिक वार्ताका लागि जंगी अड्डा पुग्नेछन् । उनी आइतबार नै काठमाडौंबाट बंगलादेश जाने कार्यक्रम छ ।

परराष्ट्रले शनिबार बिहान मात्रै चिनियाँ मन्त्री वेईको नेपाल भ्रमण सार्वजनिक गरेको हो । रक्षामन्त्री वेई कोरोना महामारीपछि चीनबाट नेपाल भ्रमणमा आउने नै सबैभन्दा उच्च अधिकारी हुन् । नेपालमा चीनबाट तीन वर्षपछि रक्षामन्त्रीको भ्रमण हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read

२४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २...

पछिल्लो २४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७...

पछिल्लो २४ घण्टामा थप १५ संक्रमितको मृत्यु

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार...
चीनका रक्षामन्त्री आज नेपाल आउँदै